प्रदेश प्रमुख डा. राजेश झाले मन्त्री भरत साह र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई शपथ ग्रहण गराएका हुन्। दुवैजनाले नेपाली भाषामा शपथ लिएका छन् ।
सत्ता समीकरणको खेलमा जनता समाजवादी पार्टीले आफ्नै मन्त्रीलाई राजीनामा गराएर माओवादी केन्द्रबाट मन्त्री नियुक्त गरेको हो।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाको स्थानमा उनीहरु मन्त्री बनेका हुन्।
सरकारमा सहभागी गराउन समाजवादी पार्टीका दुई मन्त्रीलाई राजीनामा गराएर माओवादी केन्द्रलाई दुई मन्त्री दिइएको हो।
साह महोत्तरी क्षेत्र न १ (ख) बाट निर्वाचित सांसद हुन भने कर्ण सप्तरी निवासी समानुपातिक सांसद् हुन्।