नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा संसदबाट राजीनामा दिने घोषणा


अछाम निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित नेता रावल एमाले एकता प्रक्रियाका लागि विवाद मिलाउने कार्यदलको उहाँ संयोजक पनि हुनुहुन्थ्यो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदल संयोजक रहनुभएका नेता रावलले नेपाली राजनीतिमा अनैतिक र अपवित्र प्रक्रिया अघि बढेपछि आफूले राजीनामा दिने घोषणा गरेको बताउनुभयो ।

सभामुख सापकोटालाई सम्बोधन गरी लेख्नुभएको राजीनामा पत्रमा उहाँले लेख्नुभएको छ, “राजनीतिक नेतृत्वबाट देश विपरीतका कृत्य हुँदै गए, नेपाल र नेपालीको शीर निहुँरिदै गएको छ ।” स्वेच्छाचारी र निरंकुश ढङ्गले काम भइरहेको चर्चा गर्नुहुँदै नेता रावलले अगाडि भन्नुभएको छ, “प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार देखिएको छ ।”

देश र जनताको हितलाई सर्वोपरी सम्झिने जसलाई पनि यस्तो कृत्यले घृणा उत्पन्न हुने भन्दै नेता रावलले देशमा अपवित्र राजनीति शुरुभएको बताउनुभयो । नेता नेपाल पक्षबाट कार्यदलका सदस्य बाहेक अन्य सदस्यले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने तयारी गर्नुभएको छ ।


सम्बन्धित खवर