निर्वाचन आयोगद्वारा यादव पक्षलाई जसपाको आधिकारिकता


काठमाडौं / जनता समाजवादीको विवादमा निर्वाचन आयोगको फैसलापछि उपेन्द्र यादव पक्षले आधिकारिकता पाएको छ ।

सोमबार निर्वाचन आयोगको इजलासमा जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरे ।

त्यस्तै एक जना रेशम चौधरीले कसैको पक्षमा पनि हस्ताक्षर नगरी तटस्थ बसेका थिए ।

कसले कसको पक्षमा हस्ताक्षर गरे ? (महन्थ पक्ष रातो रंगमा)

 


सम्बन्धित खवर