काठमाडौँ – सरकारले गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुख नियुक्तिका लागि पृथ्वीमान गुरुङ र अमिक शेरचनलाई सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले शेरचनलाई लुम्बिनी र गण्डकीमा गुरुङलाई नियुक्ति गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यस्तै योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त गरेको छ ।
बैठकले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
भने वेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरेको छ ।