झण्डै ३ लाख डोज जान्सेन खोप लगाएपछि बल्ल बन्यो मार्गनिर्देशन


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
काठमाडौँ : सरकारले करिब तीन लाख डोज जोन्सन एन्ड जोन्सनको जान्सेन खोप सर्वसाधारणलाई लगाएपछि बल्ल सरकारले यो खोप प्रयोग सम्बन्धी मार्गदर्शन तयार पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्ममा दुई लाख ९३ हजार सात ६६ डोज जान्सेन खोप लगाइसकिएको छ ।

बुधबार नै स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाले जान्सेनको कोभिड-१९ विरुद्धको खोप प्रयोग तथा सञ्‍चालन सम्बन्धी अन्तरिम मार्गदर्शन – २०७८ जारी गरेको छ । यो खोपलाई लामो समयसम्म भण्डारण गर्न माइनस २० डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने उल्लेख छ । यो खोप छोटो अवधि महिना (४.५ महिना) प्लस २ डिग्री सेल्सियसदेखि प्लस आठ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने उल्लेख छ ।

एक पटक प्लस २ डिग्री सेल्सियस देखि प्लस ८ डिग्री सेल्सियसमा राखिएपछि यसलाई पुन: माइनस तापक्रममा वा जम्ने तापक्रममा कदापी राख्ननहुने मार्गदर्शनमा भनिएको छ । । यो खोप नेपालमा प्राप्त हुदा नै +२ डि.से. देखि ८ डि.से.मा राखिएको र लेबलिङ्ग पनि +२ डि. से देखि +८ डि.से. कै भएको हुनाले यो खोपलाई कदापी जम्न दिनु हुदैन र +२ डि.से. देखि प्लस ८ डि.से. मा मात्र राख्नु पर्ने उल्लेख छ । कन्डिसनिङ गरेको आईसप्याकको मात्र प्रयोग गर्नुपर्दछ यो खोप जर्मको अवस्थामा भए प्रयोग गर्नु हुँदैन ।

यस्तो छ मार्गदर्शन 
भण्डारण, म्याद गुजिने अवधी र ढुवानी गर्दा कायम गर्नुपर्ने तापक्रम

भण्डारण

यो खोप संघीय र प्रदेश तहमा वाक-इन-कुलरमा भण्डारण गर्नुपर्छ । जिल्ला तह र वितरण केन्द्रमा रेफ्रिजेरेटरमा भण्डार गर्नुपर्छ भने स्वास्थ्य संस्थामा रेफ्रिजेरेटर वा कन्डिसनिङ गरेको आइस प्याक राखेर कोल्ड बक्समा भण्डारण गर्नुपर्छ । खोप केन्द्र वा खोप सेसनको लागि यो खोप ढुवानी गर्दा कण्डिसनिङ्ग गरेको आइस प्याक राखेको कोल्ड बक्स वा भ्याक्सिन क्यारियरमा राख्नुपर्छ ।

म्याद गुज्रने मिति र प्रयोग अवधि यो खोपको भायलमा म्याद गुज्रने मिति उल्लेख भएको हुँदैन ।

म्याद सम्बन्धि जानकारीको लागि भायलमा भएको क्यूआर कोड स्क्यान गरेर वा www.vaxcheck.jnj लिंकमा मा गएर हेर्न सकिन्छ ।

नेपालमा १२ जुलाई २०२१ मा प्राप्त यो खोपको म्याद गुज्रने मिति २० नोभेम्बर २०२१ छ तसर्थ यो खोप २० नोभेम्बर २०२१ भित्र मात्र प्रयोग गर्नु पर्दछ ।

खोपको प्रयोग
यो खोप ५ मात्राको भायलमा उपलब्ध हुन्छ,

यो खोप एक व्यक्तिलाई ०.५ मि.लि. दिइन्छ । यो खोप १ मात्रा मात्र दिए पुग्छ ।

यो खोप सूईको माध्यमबाट बाया पाखुराको माथिल्लो भाग मासुमा दिनुपर्छ भाएलमा उपलब्ध भएको खोप लगाउन खोपसगै उपलब्ध गराइएको ए.डी. सिरिज मात्र प्रयोग गर्नुपर्छ ।

यो खोप भाएललाई कदापी हल्लाउनु हुँदैन । तर प्रत्येक पल्ट खोप तान्नु भन्दा अगाडि भाएललाई सिधा राखेर भाएलको तल तिर समातेर हल्का रुपले १० सेकेण्ड जति घुमाउनुपर्छ । यो खोप एक मात्रा (०.५ मि.लि.) मात्र दिए पुग्छ ।

यो खोप प्रयोग गर्नु अघि खोलेको मिति र समय भाएलमा लेख्नु पर्दछ ।

यो खोप सेसनको अन्त्य वा भाएल खोलेको ६ घण्टापछि जून अवस्था पहिले आउछ, कदापी प्रयोग गर्नु हुँदैन । यो खोप जम्न दिनु हुँदैन । यो खोप भाएललाई सूर्यको प्रकाशसंग सिधा पर्ने गरि राख्नुहुँदैन ।

खोप लिन हुने अवस्था

१८ वर्ष माथिका सबै उमेर समुह

स्तनपान गराइरहेका महिला

राष्ट्रिय खोप सल्लाहाकार समितिको २६ मे २०२१ को सिफारिस अनुसार निम्न अवस्थाका गर्भवती महिलाहरु कोभिड १९ को उच्च जोखीममा पर्ने भएकोले हाल प्रयोग भएका कोभिड-१९ खोप चिकित्सकको परामर्श लिएर दिन सकिन्छ :

३५ बर्ष उमेर वा सो भन्दा माथिका गर्भवती महिला

अत्याधिक तौल भएको महिला ३० बिएमआइ गर्भवती भएमा,

गर्भावस्थाका जटिलताहरू भएका अवस्थामा जस्तै प्रि-इक्लामसिया, गर्भावस्थामा देखिने मधुमेह

मधुमेह, उच्च रक्तचाप जस्ता दिर्घ रोग भएका गर्भवती महिला

साथै कोभिड १९ को संक्रमणको उच्च जोखिममा रहेका गर्भवती महिलाहरु जस्तै स्वास्थ्यकर्मी, अग्रपंक्तिमा खटिने व्यक्तिहरु

खोप दिन नहुने अवस्था
यो खोप निम्न अवस्थाको व्यक्तिरूलाई दिनु हुँदैन :

पहिला अन्य कुनै पनि कारणले गम्भिर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस भएका व्यक्ति।

यो खोपको कुनै पनि तत्व बाट गम्भिर प्रकारको प्रतिक्रिया भएको व्यक्ति ।

१८ वर्ष भन्दा कम उमेरका व्यक्ति ।

पहिला अन्य कुनै पनि कोभिड १९ खोप लगाइसकेको व्यक्ति। कुनै पनि कारणले हाल गम्भिर विरामी भएको वा उच्च ज्वरो आएको व्यक्ति तर यस प्रकारको अवस्था निको भएपछि यो खोप लगाउन मिल्छ

प्यासिभ एन्टीबडी थेरापी उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउनु हुँदैन तर यस प्रकारको उपचार लिएको ९० दिनपछि मात्र यो खोप लगाउन मिल्छ ।

हाल कोभिड १९ संक्रमण भएको व्यक्ति तर संक्रमणमुक्त भएको ३० दिनपछि भने यो खोप लगाउन मिल्छ ।

विशेष निगरानीमा खोप दिन सकिने अवस्था

रगत बग्ने समस्या भएका व्यक्ति रगत पातलो गराउने राख्नु भएको व्यक्तिहरुलाई विशेष निगरानी वा परामर्शको जरुरी हुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू र दिर्घ रोग भएका व्यक्तिहरू गम्भिर कोभिड १९ रोगको जोखिममा हुन्छन् । यस्ता व्यक्तिहरुलाई यो खोप दिन सकिन्छ । जटिल अवस्था वा अनियन्त्रित रोगको अवस्था वा दिर्घ जटिल रोग भएपनि औषधि सेवन नगरेको अवस्थामा भएका व्यक्तिहरुलाई चिकित्सकको परामर्श वा विशेष निगरानीको जरुरी हुन्छ

खोप लगाएपछि हुनसक्ने असरहरू

खोप लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने, सुनिने र चिलाउने आलस्यता आउने, थकाइ लाग्ने तथा कमजोरी भएको महसुस हुने, जाडो महसुस हुने, ज्वरो आउने, टाउको दुख्ने, जीउ र जोर्नी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, ज्वरो आउने, घाटि दुख्ने, खोकि लाग्ने, तर यी सामान्य असरहरू हुन् र १-२ दिनपछि आफै ठीक हुन्छन् ।

यदि लगातार वा असह्य टाउको दुखेमा, कम्पन आएमा, धमिलो देखिएमा मानसिक स्थितिमा परिवर्तन भएमा, खोप लगाएको ठाँउ भन्दा अन्य ठाउमा निलो डाम देखिएमा वा सानो थोप्लो जस्तो दागहरु देखिएमा, श्वास फेर्न गाह्रो भएमा, छाती दुखेमा, लगातार पेट दुखेमा खुट्टा दुखेमा वा सुन्नीएमा शरीरको कुनै पनि अंग कमजोर वा लुलो भएको महसुस भएमा तुरुन्त चिकित्सकको परार्मश लिनुपर्छ ।

कुनै असामान्य वा लगातार वा गम्भिर असर देखिएमा वा शका / चिन्ता लागेमा चिकित्सकको परार्मश लिनुपर्छ ।

कुनै पनि खोप लगाउदा विरलै देखिने तर गम्भिर हुने एनाफाइलेक्सिस को सम्भावना हुनसक्छ यस प्रकारको असर सामान्यतया खोप लगाएको ५ मिनेट देखि आधा घण्टा भित्र हुनसक्छ । त्यसैले खोप लगाएपछि आधा घण्टासम्म खोप केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्छ । एनाफाइलेक्सिस भएम त्यसको तत्कालै व्यवस्थापन गर्नुपदर्छ तसर्थ, प्रत्येक खोप केन्द्र स्तरमा एनाफाइलेक्सिसको व्यवस्थापन गर्न एड्रेनालाइन र ०.५ मि.ली सिरिजको अनिवार्य व्यवस्था गर्नुपर्दछ ।

नोट : पहिले कुनै पनि कारणले गम्भिर प्रकारको प्रतिक्रिया सिभर एलर्जिक रियाक्सन वा एनाफाइलेक्सिस भएको व्यक्तिलाई यो खोप दिनु हुँदैन तसर्थ, प्रत्येक व्यक्तिलाई खोप दिदा पहिले एनाफाइलेक्सिस भएको छ वा छैन यकिन गरेर छैन भने मात्र खोप दिनु पर्दछ एनाफाइलेक्सिस भएको व्यक्ति भएमा चिकित्सकको परामर्शको लागी पठाउनुपर्दछ ।


सम्बन्धित खवर

अन्तर्वार्ता