पूर्व युवराज पारस र ट्राफिक प्रहरीबीच हात हालाहाल


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ : महाराजगञ्जको नारायणगोपाल चोकमा पूर्वयुवराज पारस शाह र प्रहरीबीच घम्साघम्सी भएको छ ।

हेल्मेट नलगाई मोटरसाइकलमा सवार रहेका शाहलाई प्रहरीले पक्राउ गरेर हेल्मेट नलगाउनुको कारणबारे सोधपुछ गरेको थियो ।

तर प्रहरीले एकपटक सम्झाएर जानुस भन्दा पनि नगएपछि प्रहरीसँग धकेलाधकेल गर्दै लफडा परेको हो ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रहरीले पारसको हात समातेर जान आग्रह गरिरहेका छन् । तर पारस जान्न भन्दै बम्किएको भिडियोमा देख्न सकिन्छ ।

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले एकपटक समातेर पारसलाई छाडिएको जानकारी दिएका छन् । पारसले बेला बेला प्रहरीसँग लफडा गर्ने गरेका छन् ।


सम्बन्धित खवर

अन्तर्वार्ता