सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा फेरि ठूलो बाढी


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ : सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा फेरि ठूलो बाढी आएको छ । बेलूकी ७ बजेदेखि नै आउन सुरु भएको बाढी रातीमा झन् ठूलो बनेको मेलम्चीबाट पत्रकार देवराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार बाढीले हेलम्बुका केही घर भत्काउने र डुबाउने अवस्थामा पुर्याएको छ । किउल, हेलम्बु लगायतका क्षेत्रका ठूलो बाढी आएको उनले बताए ।

बाढीका कारण मेलम्चीमा मानिसहरु सुरक्षित स्थानतर्फ लागेका छन् । रेडियो मेलम्चीबाट सूचना बजाएर मानिसहरुलाई सुरक्षित स्थानतर्फ पठाइएको पनि उनले बताए । लेकतिर पानी परेर पहिरो गएपछि मेलम्ची खोला थुनिएर बाढी आएको हुन सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता