
संक्रमितमध्ये काठमाडौँमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना रहेका छन् । अघिल्लो दिन काठमाडौँ उपत्यकामा जम्मा ७०१ जना सङ्क्रमित थपिएका थिए ।
शुक्रबार काठमाडौँमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जना सङ्क्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर तीन हजार २१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । यस्तै एक हजार ७२२ जना सङ्क्रमणमुक्त भएका थिए ।
नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४३२ जना रहेको छ ।