विश्व हिन्दु महासंघको जग्गामाथी कामपाको दादागिरी 


काठमाडौ । विश्व हिन्दु महासघको स्वामित्वमा रहेको जग्गामा काठमाडौं महानगरपालिकाले डोजर चलाएर दादागिरी चलाएको छ। महासघको कार्यलय रहेको आठ आना र सो कार्यलय को पुर्व तर्फको २२ रोपनी जग्गा समेत यसै महासघको नाममा रहेको छ। सो २२ रोपनी जग्गामा कामपा वडा-३ ले महासघसङ कुनै सर-सल्लाह नगरी बरुण यन्त्र भवन निर्माण गर्ने भन्दै डोजर आतंक मच्चाउने काम गरेको छ। कोभिड-१९ का कारण महासघको कार्यलय बन्द थियोे । त्यसैको मौका छोपी वडा कार्यलयले सम्वन्धित पक्षसङग सल्लाह नै नगरी एकोहोरो सुचना प्रकाशित गरि सो कार्य अगाडि बढाइनु नियत के हो प्रष्ट हुन्छ । जसले ९४ प्रतिशत हिन्दु धर्म माथीकै आक्रमण भन्न सकिन्छ । विश्व हिन्दु महासघ(अन्तर्राष्ट्रिय )कि महासचिव अस्मिता भण्डारीले पत्रकार सम्मेलनम बताइन् ।

 

अटेरी कतिसम्म भयो भने सिडिओ कार्यलयले महासघको ध्यानाकर्षण पत्र बुझ्न समेत अटेर गर्‍यो भने पाटन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश आइसक्दा समेत ३ दिनसम्म डोजर चलिरहयो । जब गृहमन्त्री बालकृष्ण खाडले सिडिओ कार्यलयमा फोन गर्नु भएपछि मात्र डोजर चलाउन रोकियो । अब यहि साउन २७ गते अदालतले छलफलका लागी बोलाएको छ, हामी सम्पुर्ण प्रमाण सहित प्रस्तुत हुन्छौं भण्डारीले भनिन् । सम्झना रहोस, सो जग्गा शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला मन्त्री परिषद्को निर्णयबाट महासघको नाममा हुनेगरी दिइएको थियोे । २२ रोपनी जग्गामा विश्व हिन्दु ग्राम स्थापना गर्ने योजना सहितको खाका बनिसकेको समेत बताइन् । बरु यस कार्यमा सहयोग गर्न आह्वान गरिन ।

 

कार्यलय भवनलाइ नै असर गर्ने गरि डोजर चलाएको, जब्बरजस्ती इट्टा, बलुवा, ढुङ्गा, गिट्टी खसाली भिरालो जग्गामा गहिरो रुपमा खनेर सिमाना समेत यकिन नगरी बाढी पहिरोको समयमा डोजर चलाएर कार्यलयमा नै क्षति पुर्याएको प्रति महासघमा आबद्ध सबै सङ सस्थाले घोर आपत्ती जनाएका छन् । पत्रकार सम्मेलनमा आफुहरु काम गर्न आएको भन्दै चुप लागेर नबस्ने र सबै खालका दबाब दिएर रोक्छौ सबैले एक आवाजमा भने।


सम्बन्धित खवर