२९ श्रावण ,कोहलपुर , बाँके । नेपाली जनता दलले लुम्बिनी , कणाली र सुदुर पश्चिम प्रदेशको संयुक्त सम्पर्क कार्यालय बाँकेको कोहलपुरमा स्थापना गरेको छ ।
कोरोना महामारीका कारण विकसित पछिल्लो असहज परिवेशलाई मध्यनजर गर्दै जनसम्पर्क बढाउन उक्त कार्यलय स्थापना गरिएको बताइएको छ ।
वि.सं. २०५१ सालमा स्थापित नेपाली जनता दलले देशै भरि संगठन सुदृढिकरण अभियान सञ्चालन गरिरहेको छ ।
अभियानलाई सहज र सरल होस् भन्ने उद्देश्यले कोहलपुरमा सम्पर्क कार्यलय स्थापना गरिएको लुम्बिनी प्रदेश संयोजक रत्न बहादुर बुढाथोकीले जानकारी गराउनु भयो ।