एमाले अध्यक्ष केपी ओलीको कारवाही र नयाँ पार्टी गठनबारे अन्तिम छलफल गर्न बानेश्वरमा वरिष्ठ नेता माधव नेपालसहित उनी पक्षीय नेताहरु बानेश्वरस्थित एक होटलमा छलफलमा जुटेका छन् ।
उक्त छलफलमा नेता नेपालसहित कारवाहीमा परेका सवै सांसद र अन्य नेताहरु समेत सहभागी छन् ।
मध्यान्ह १२ बजेदेखि भेला भएका उनीहरु निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताको तयारीका लागि छलफलमा जुटेका हुन् । नेपाल पक्षीय नेताहरु छलफलमै रहेका बेला राष्ट्रपतिबाट दल विभाजन अध्यादेश स्वीकृत भएको छ ।
तर, उक्त छलफलमा नेता नेपाल पक्षकै युवराज ज्ञवाली, भीम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरु भने सहभागी छैनन् ।