राजदूत पदम सुन्दास आफ्नो चार बर्षे कार्यकाल सम्पन्न गरी स्वदेश फिर्ता


काठमाडौं /बहराईनका लागि नेपाली राजदूत पदम सुन्दास आफ्नो चार बर्षे कार्यकाल सफलता पूर्वक सम्पन्न गरी १९ अगष्ट २०२१ मा चार्टड विमान मार्फत् स्वदेश फर्किनु भएको छ ।

 

सामाजिक सञ्जाल मार्फत् सुन्दासले आफ्नो कार्यकाल सुखद रहेको र आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नु हुने सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

 

उहाँको स्टाटसमा भनिएको छ , ” चारबर्षको लगातार बहराइन बसाई पछी आज मात्रीभूमिमा सपरिवार सकुशल नेपालीसमय ११.०९ बजे आईपुगेको छु। सारै ब्यस्तताको बावजुत मेरो बहराइन बसाई सारै सुखद रह्ये। बहराइनका बासिन्दा र सरकार नेपालीहरु प्रति असाध्य सकारात्मक भएको मेरो अनुभव छ। बहराइनमा रहेका नेपाली दिदीबैनी दाजुभाईसंग मेरो राम्रै घनिष्ठ संबन्ध रह्ये। एकआपसमा सुखदूख मिलेर बाड्यौ। समस्याहरु पनि मिलेर समाधान गरियो। संघ संस्थाका साथीहरुबाट पनि सक्दोसहयोग पाएको हु। प्राबिधिक कारणले सबैलाई यथोचित खुसी पार्नसकिएन होला। यो मानवीय कमजोरीलाई आत्मसात् गरी मैले गरेका सकारात्मक कामलाई मात्र संझिदिन बहाइनमा सहयोगी संघसंस्था र दिदीबैनी दाजुभांईलाई बिनम्र अनुरोध गर्दछु। स्वदेश फर्केको छु,बाक़ी जीवन समाजको लागीनै समर्पित रहने छ।तपाइहरुले बहराइनमा मलाइ दिएकोआत्मीयता मेरो भबिश्यको प्रेरणास्रोत बनेको छ। सबैलाई साधुवाद। ”


सम्बन्धित खवर