४ भाद्र ,काठमाडौँ
सो मितिमा आयोगमा उपस्थित नेताहरूले सनाखत गरेपछि उनीहरू नै नयाँ पार्टीका केन्द्रीय सदस्य र सांसद बन्नेछन् । बुधबार सरकारले जारी गरेको दलसम्बन्धी अध्यादेशले नयाँ दल दर्ता गर्नका लागि साविक दलको केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत सदस्य पुग्नुपर्ने व्यवस्था गरेको छ । ठाकुरले जसपाबाट र नेपालले एमालेबाट त्यति संख्यामा सदस्यहरू ल्याउनसके नयाँ दल दर्ता हुनेछ ।