अफगानिस्तानबाट फर्किएका सबै नेपालीलाई पोलियो खोप दिइने


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : सरकारले अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप दिने निर्णय भएको जानकारी दिए। श्रेष्ठले भनेका छन्, ‘अफगानिस्तानबाट फर्कनुहुनेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कबाट पोलियो खोप पाउनुहुन्छ। सकेसम्म विमानस्थलमै खोप लगाउनुहुन अनुरोध छ।’

विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल हेल्थ रेगुलेसनले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिन सरकारलाई सिफारिस गरेको थियो। यसअघि नेपाल पोलियोमुक्त देश घोषणा भइसकेको छ। मन्त्री श्रेष्ठले ट्वीटमा भनेका छन्, ‘अफगानिस्तानबाट फर्कनुभएका (उद्दार गरी ल्याइएका) सबैलाई पोलियो खोप दिने सरकारले निर्णय गरेको छ। अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी यो निर्णय भएको हुँदा नजिकको खोप केन्द्रबाट पोलियो खोप लिनुहुन सूचित गरिएको छ।’ हाल अफगानिस्तानमा पोलियो फैलिएको छ। अफगानिस्तानबाट ५ सय बढी नेपाली फर्किसकेका छन्।

अहिले पाकिस्तान, अफगानिस्तान र नाइजेरियामा मात्र पोलियाको संक्रमण बढिरहेको विभिन्न अध्ययनहरुले देखाएको छ। विश्व स्वास्थ्य संगठनले सन् १९८८ मा पोलियो रोगलाई विश्वबाट उन्मुलन गर्ने घोषणा गरेपछि नेपालमा पोलियो थोपा खुवाउने अभियान सुरु गरिएको थियो। यो खबर अन्नपूर्ण पोष्टमा छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता