प्रदेश नं. १ मा भीम आचार्यले लिए मुख्यमन्त्रीको सपथ


१० भाद्र ,विराटनगर – प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले शपथ लिएका छन् ।
उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए ।

उनले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

एमाले विवादको असर प्रदेशहरूमा पर्न थालेसँगै सत्ता समीकरण बदलिन थालेको छ ।

यस अघि बागमती प्रदेशमा पनि अष्टलक्ष्मी शाक्य लाई नयाँ मुख्यमन्त्री बनाइएको थियो ।

शाक्य र आचार्य दुबै माधव नेपाल पक्षीय मानिन्थ्यो ।


सम्बन्धित खवर