श्री ५ काे बायुगुठि पीडितहरूबाट छिट्टै वृहद आन्दाेलनकाे तयारी


१४ भाद्र , काठमाडौं / नयाँबजारमा रहेकाे सगुन पार्टी प्यालेसमा सम्पूर्ण धादिङ निलकण्ठ -११ ज्यामरूङ र धादिङ कटुन्जेकाे जनप्रतिनिधिहरू लगायत सम्पूर्ण जनताहरू भेला भएर एउटा अठाेट गरेका छन् ।

श्री ५ काे वायुदेवता गुठी पीडित जनताकाे उपस्थितिमा गुठि आन्दाेलन कमिटी काे अध्यक्ष ईश्वरी बहादुर लम्सालकाे अध्यक्ष्ामा एक भव्य र व्यापक कार्यक्रम गरिएकाे थियाे । समाजसेवी तथा पर्यटन व्यावसायी शम्भु धमलाकाे संयाेजनमा सुरू भएकाे साे कार्यक्रममा प्रमुख अतिथिको रूपमा माओवादि नेतृ तथा पूर्व मन्त्री कल्पना धमलाले सम्वाेधन गर्नु भएकाे थियाे । धमलाले याे गुठि अान्दाेलन अधिकार स्थापित नहुन्जेल सम्म अगाडि बढ्ने र २०२८ सालमा नै जग्गाको मालिक भैसकेकाे जनता अब माेहि हुन नसक्ने बताउनु भएकाे थियाे ।

विशेष अतिथिकाे रूपमा कार्यक्रम उपस्थित हुनुभएकाे पूर्व जर्नेल टीका प्रसाद धमलाले याे ज्यामरूङकाे गुठी समस्या जसरी पनि समाधान गर्न सबैले एकताबद्ध भएर सरकारलाई दवाव दिनुपर्ने बताउनु भएकाे थियाे । विशेष अतिथि काे रूपमा उपस्थित हुनुभएकाे लाेकतान्त्रिक समाजवादी पार्टीको केन्दिय नेता तथा गुठी विज्ञ नवराज लम्सालले गुठि समस्या, अहिले देखा परेपनि यस्काे पृष्ठभूमि धेरै अगाडि देखि तयार गरिएकाे र याे समस्या सृजित् समस्या भएकाेले यसलाई राजनितीकरण नगरिकन सबैकाे एकताले मात्रै समाधान हुने भएकाेले सरकारलाई समस्याकाे बिषय वस्तु उठान, यसले पारेको प्रभाव र समाधानको उपाएकाे बारेमा बुझाउन सक्नुपर्ने र यसलाई कानुनी रूपबाट समाधान खाेज्नुपर्ने बताउनु भयाे ।

पटकपटक आन्दाेलन गरेपनि राजनितीकरण हावी भएकाे कारण परिणाम निस्कन नसकेकाे भन्नू हुँदै लम्सालले भन्नुभयाे याे गुठी समस्या एेनमा नै भएकाेले एेन सम्साेधन गराउन सबै राजनीति दललाई दवाव दिनुपर्ने बताउनु भयाे । अहिलेकाे वर्तमान सरकार सर्वदलीय सरकार भएकाेले ईच्छा शक्ति हुदा समस्या समाधान गर्न सकिने बिस्वास व्यक्त गर्नुभयाे । युवा नेता लम्सालले अाफू सदैव जनताकाे कठघरामा रहेकाेले याे समस्या समाधानको लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेकाे बताउनु भयाे ।

अतिथि काे रूपमा उपस्थित हुनुभएकाे वडा अध्यक्ष तिलक थापा मगर ज्युले याे समस्या समाधान गर्न सबैले एकतावद्द भएर अगाडि बढ्ने र आफ्नाे तर्फबाट जस्तो सुकै प्रकारको पनि सहयाेग हुने वताउनु भयाे । कार्यक्रममा युवा पर्यटन व्यवसायी तथा माअाेवादी नेता कमल सापकाेटा, माओवादि जिल्ला कमिटि सदस्य तथा गुठि अान्दोलन कमिटि उपाध्यक्ष चन्द बहादुर लम्साल, काँग्रेस गाउँ कमिटि सभापति तथा गुठी आन्दाेलन कमिटी सचिव राम बहादुर श्रेष्ठ, काँग्रेस स्थानीय नेता भुमिनन्द धमला, हरि लम्साल, रामचन्द्र धमला, बिमल धमला, ज्ञान नारायण श्रेष्ठ, बिनाेद धमला, विनय ढकाल लगायतकाे उपस्थित थियाे ।

कार्यक्रम काे अहिले सम्मकाे अवस्था , सरकारले पटक पटक गरेकाे सम्झौता काे बारेमा अध्यक्ष ईश्वरी बहादुर लम्सालले पढेर सुनाउनु भएकाे थियाे । मञ्चमा बाेल्दै लम्सालले भन्नुभयाे अब अान्दाेलन तब सम्म गरिन्छ जब सम्म अधिकार पाईदैन त्यसकाे लागि सबै एकताबद्ध हुनुपर्ने बताउनु भयाे । कार्यक्रम बिमल धमलाले सञ्चालन मा भएकाे थियाे ।


सम्बन्धित खवर