१७ भाद्र २०७८सप्तरी । अप्सन नेपाल र जय मिडिया हाउस प्रालीको संयुक्त आयोजनामा सप्तरीको सुरुङ्गा नगरपालिका ८ मा रहेको मुसहरनिया आधारभुत बिद्यालयका ५० जना गरिब तथा जेहेन्दार बिध्यार्थीहरुलाई किताब , बोक्ने झोला, कपिकलम ,माक्स लगायतका शैक्षिक सामाग्री बितरण गरिएको छ।
कोभिड महामारीलाई ख्याल राख्दै सामाजिक दुरी कायम राखी सुरक्षित तरिकाले बितरण गरिएको उक्त शैक्षिक सामाग्री बितरण कार्यक्रममा अप्सन नेपाल सिराहाका अध्यक्ष मनिष कुसवाह र सप्तरी अध्यक्ष शान्ति चौधरीको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अतिथिमा सुरुङ्गा नगरपालिका ८ का वडा अध्यक्ष इन्द्र देव चौधरीको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिमा नेपाली काङ्ग्रेसका महासमिती सदस्य गिता चौधरीको उपस्थिति थियो।शिक्षक अबिभावक संघका अध्यक्ष बलिराम चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्कुल ब्यबस्थापन समितिका अध्यक्ष प्रीया कनत चौधरी ,उक्त स्कुलका प्रधानाध्यापक सत्य नारायण पासवान लगायत समाजसेवी सुकदेव चौधरी,गोबिन्द बिक, दिप नारायण चौधरी लगायत अबिभावक बिध्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।