एमाले सांसदको बिरोधका बीच तीन अध्यादेश स्वीकृत


काठमाडौं ।प्रतिनिधिसभा बैठकले तीनवटा अध्यादेश स्वीकृत गरेको छ । शुक्रबार दोस्रोपटक बसेको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ स्वीकृत गरेको हो ।

एमाले सांसदहरूको नाराबाजी भइरहँदा यी विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए ।

एमाले सांसदहरूको नाराबाजीकाबीच उक्त अध्यादेश स्वीकृत गरेर बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको छ ।

नेपाल समाचारपत्रमा खबर छ ।


सम्बन्धित खवर