नक्कली नोट छाप्ने गिरोह पक्राऊ


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वीरगन्जः बारा र रौतहटबाट नक्कली नेपाली नोटको कारोबार गर्ने गिरोहलाई  प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नेपाली नक्कली नोटको कारोबार गर्ने ५ जनालाई पक्राउ गरेको हो । नेपाली नक्कली नोट कारोवार हुँदै गरेको थाहापाएपछि प्रहरीको स्पेसल टास्क फोर्स शनिबार बिहान निजगढ पुगेको थियो ।

प्रहरीले उनीहरुलाई बाराको निजगढ र रौतहटको चन्द्रनिगाहपुरबाट नक्कली नोट सहित पक्राउ गरेको हो । प्रहरीले शनिबार निजगढको होटल तारा इनबाट ४ र रौतहटको चन्द्रनिगाहपुरबाट १ जना गरी ५ जनालाई पक्राउ गरेको हो ।

उनीहरु निजगढको तारा इन होटलमा दुई दिन पहिलेदेखि नै बसेका थिए । उनीहरुको सूचनाका आधारमा प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट थप १ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नेपाली एक हजार दरको नक्कली र सक्कली नोट मिसाएर राखिएको ९३ लाख रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरुले प्रयोग गर्ने बा १४ च ९३८२ नम्बरको स्कार्पियो गाडी पनि प्रहरीले नियन्त्रण लिएको छ ।

पक्राउ परेका पाँचै जनालाई शनिबार राति होटल तारा इनमै राखेर आइतबार बिहान मात्र बाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । पक्राउ परेका व्याक्तिहरुको परिचय भने प्रहरीले गोप्य राखेको छ ।

प्रहरी श्रोतका अनुसार, भारतमा नेपाली एक हजार दरको नक्कली नोट छापेर प्रदेश २ मा ल्याएर कारोबार गर्ने गिरोह नै पक्राउ परेको हो । बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले नक्कली नोटको कारोबारमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे । प्रहरी उपरीक्षक शाहीले अन्नपुर्णसँग भने, ‘नक्कली नोटको कारोबारमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको छ ।’

शनिबार दिनभर अप्रेशन

काठमाडौँस्थित प्रहरी प्रधान कार्यालयबाट नेपाल प्रहरीको स्पेशल टास्क फोर्स शनिबार बिहान ९ बजे नै निजगढ आइपुगेको थियो । शनिबार बिहानैदेखि काठमाडौँबाट आएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय निजगढको सहयोगमा होटल तारा इनमा अप्रेशन सुरु गरेको थियो । बिहान ९ बजे होटेलमा छिरेको प्रहरी टोली बेलुकी ७ बजेसम्म त्यहीँ थियो ।

होटल तारा इनका सन्चालकका अनुसार, पक्राउ परेकामध्ये केही व्याक्ति जग्गाको कारोबारी बनेर दुई कोठा बुक गरी होटलमा बसेका थिए । र उनीहरु ३ वर्षदेखि नै होटलको नियमित ग्राहक थिए ।

अन्नपूर्ण पोष्टमा खबर छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता