युवा संगठन नेपालले ३ बुँदे कार्यान्वयनका लागि भन्दै बुझायो ज्ञापनपत्र


नेपाल कम्युनिष्ट पार्टी बिप्लव निकट युवा संगठन नेपालले नुवाकोट लगायत देशभर प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

संगठनको कार्यक्रम अनुसार गत फागुन २१ गते केपी नेतृत्वको सरकारसँग गरेको तीन बुँदे सहमति मध्ये प्रतिबन्ध फुकुवा बाहेक अन्य सहमति कार्यान्वयन नभएको भन्दै संगठनले दबाब स्वरूप आज देशभर ज्ञापनपत्र बुझाएको जनाएको छ ।

सबै नेताकार्यकर्तालाई अझै रिहाई नगरेको, झुठ्ठा मुद्या खारेजी लगायत अन्य सहमति कार्यान्वयन नगरेको युवा संगठनले जनाएको छ । जनकपुर ब्यूरोमा राजन बस्नेत, आदम कवाडी लगायत २२ जना नेता कार्यकर्ता बन्दी जीवन बिताइरहेको बताएको छ । उक्त ज्ञापनपत्र सिडिओ कार्यलयमार्फत प्रधानमन्त्री कार्यलयमा पुर्याउन आग्रह गरिएको छ ।


सम्बन्धित खवर