.गोविन्द केसी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिका जाँदै


काठमाडौं: चिकित्सा शिक्षाका अभियन्ता प्रा.डा.गोविन्द केसी अमेरिकामा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिका जाँदैछन। विश्व शान्ति दिवसका अवसरमा डा.केसी बिहीबार अमेरिका प्रस्थान गर्दैछन् ।

डा. केसी ‘दुई दिने सामूहिक सत्याग्रह’को अवधारणा लिएर अमेरिकाको न्युयोर्क जान लागेका लागेका हुन् । उनले मानवता र मानवीय सेवाका माध्यमबाट सद्भाव बढाउँदै विश्व समूदायमा दिगो शान्ति प्राप्त गर्न सकिन्छ भन्नेमा विश्वस्त रहेको बताए ।

विश्वमा चलेको द्वन्द र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिँदै शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउने उदेश्यले डा.केसीको अगुवाईमा संयुक्त राष्ट्र संघको मुख्यालय, न्युयोर्कमा शान्तिपूर्ण प्रदर्शन हुने भएको छ ।

शान्ति दिवसका अवसरमा हुने उक्त दुई दिने शान्तिपूर्ण प्रदर्शनलाई ‘सामूहिक सत्याग्रह’का रुपमा लिइएको छ । प्रदर्शनीमा संसारभर डरलाग्दो समस्याका रुपमा बढ्दै गरेको जलवायु परिवर्तनलगायात सबैका लागि स्वास्थ र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराउने उद्देश्य रहेको छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता