
युवा संगठन नेपाल रसुवाले लागू औसध दुर्ब्यसनी विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम रसुवाको बेत्रावतीमा सम्पन्न गरेको छ ।
नारा जूलूस सहित रसुवाको बेत्रावती बजार परिक्रमा गरि धुन्चे मैलुङ दोबाटो चोकमा कोण सभाको आयोजना समेत गरेको थियोे ।नेकपा रसुवाका सेक्रेटरी बिराजले सो कोण सभालाई सम्बोधन गर्दै राज्यले युवा शक्ति लाइ वेवास्ता गरेको र बेरोजगारीताको तनावले गरिबी र पीडका कारण युवाहरू बरालिन बाध्य भएको बताउनु भयो ।
देशमा यो दलाल संसदिय ब्यवस्थ रहेसम्म युवाहरूको हालत झन खराव हुँदै जाने हुँदा आम युवाहरू क्रान्तिमा लामबद्द हुन र बैज्ञानिक समाजबादी ब्यवस्था ल्याउन लाई संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

चीन युरोप र अमेरिकका युवाहरूले आज बिज्ञान र प्राविधिमा गरेको अभुतपुर्व बिकासले संसारलाई अगाडि बढइ रहेको तर हाम्रो देशको दलाल शासकहरुको कारण युवाहरू लागू औसधको कुलतमा फस्न थलेकाले सबै युवा अब सचेत हुनुपर्ने बताउनु भयो । अहिले आधुनिक कुलतका रूपमा पपजी र फ्रीफायर लगायतका ईन्टरनेट खेलले पनि युवाहरू कुलतमा फसेको बताउनु भयो ।
सो कार्यक्रममा युवा संगठन नेपाल रसुवाका जिल्ला संयोजक क .जीवन तामाङले युवाहरूलाई लागू औसधका विरुद्ध एक जुट हुन आव्हान गर्नु भयो ।युवाहरू एकीकृत जनक्रान्तीमा लामबद्ध हुदै बैज्ञानिक समाजवाद मार्फत देशको बिकास समृद्धि र राष्ट्रिय स्वाधीनताका पक्षमा उभिनु पार्ने धारण राख्नु भयो ।
