
काठमाडौं । सेभ नेशन मिडिया तथा युगान्तर मिडियाको संयुक्त आयोजनामा अहिंसा दिवसको सन्दर्भमा आयोजित अहिंसा र विश्व शान्ति विषयक अन्तरक्रिया तथा विशेष समारोह कार्यक्रम सम्पन्न भएको छ । पूर्व रक्षामन्त्री श्री भिमसेन दास प्रधानको प्रमुख आतिथ्यता र कार्यक्रमको सभापतित्व युगान्तर मिडियाका अध्यक्ष बसन्त परियार, कार्यक्रमको सञ्चालन सेभ द नेशन मिडियाका अध्यक्ष केबी सम्राटले गर्नु भयो । विशिष्ट अतिथि पूर्व प्रसाशक एवं पूर्वमन्त्री रामकुमार श्रेष्ठ, नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौला,

नेपाली जनता दलका बरिष्ठ उपाध्यक्ष रघु परियार, टानका अध्यक्ष खुमबहादुर सुवेदी, नेपाल भारत आदिवासी जनजाती महासंघका अध्यक्ष विनो कुमार गुरुङ, पूर्व वडाध्यक्ष बिक्की जंग राणा व्यवसायी समाजसेवी कृष्ण रणपाल, संयुक्त दलित अधिकार मञ्चका महासचिव पवन क्षितिज शंकर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न तहतप्काका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौं दिउँसो १ः०० बजेबाट कार्यक्रम सुरु गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भीमसेन दास प्रधानले हिंसा विरुद्घ अहिंसा अनिवार्य भएको बताउंदै नेपाल तथा विश्व परिवेशको राजनीतिबारे आफ्नो धारणा राख्नु भयो । गान्धीको जन्मदिनको उपलक्ष्यमा विश्व अहिंसा दिवस मनाउन थालिएको सन्दर्भ पस्कदै शाकाहारी जीवन जीउन सबैमा आग्रह गर्नुभयो । अतिथि रामकुमार श्रेष्ठले हिसांले विश्व असान्त भईरहेको अवस्थामा अहिंसा तर्फ विश्व लाग्नू लाग्नु पर्ने बताउनु भयो ।

त्यस्तै नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले साम्राज्यवाद, विस्तारवाद, अधिनायकवाद, सामन्तवादबाट उत्पादन भएको बारुद निस्तेज नभएसम्म विश्व शान्ति कायम हुन सक्दैन । चीन, भारत, अमेरिका, रसिया र बेलायत समेतका शक्ति राज्यहरुलाई बारुद उत्पादन बन्द गरेर विचार उत्पादन गर्न आग्रह गर्नु भयो । अबको शान्तिको निम्ति विश्व संवैधानिकता आवश्यक छ । सबैले अनुशरण गर्नु पर्दछ, उहाँले भन्नु भयो । नेपाल भारत आदिवासी जनजाति मैत्री संघका अध्यक्ष विनोद कुमार गुरुङले गौतम बुद्घले शान्ति र अहिसाको अनुशरणलाई सबैले गर्नु पर्ने बताउनु भयो । त्यस्तै कामपा १७ का पूर्व वडाध्यक्ष तथा राष्ट्रवादी युवा बिक्की जंग राणाले खासमा बुद्घ जयन्ती दिवस अहिसां दिवस मनाउनु पर्ने बताउनु भयो । परम्परागत संस्कृतिमा आधारित भएर बलि चढाउने जुन चलन रहेको छ, त्यसलाई अहिसां भन्नेहरु तुइन काटेर मान्छे मार्ने, १७ हजार जनता मारेर सत्तामा आउने र विश्वमा भईरहेको काटमार हिसा हो कि होईन प्रश्न गर्नु भयो ।

सम्मानित हुने व्यक्तित्वहरुमा धन बहादुर श्रेष्ठ,वरिष्ठ समाजसेवी, भोजपुर, डा.भुपेन्द्र बस्नेत , वरिष्ठ सर्जिकल, देवराज ढकाल, वरिष्ठ समाजसेवी, भविन्द्र खत्री , वरिष्ठ समाजसेवी, तिलक बहादुर श्रेष्ठ, समाजसेवी, सुनसरी, पुर्ण कुमार श्रेष्ठ, वरिष्ठ समाजसेवी, भोजपुर, गेन्द्र लामा, अध्यक्ष, मनास्लु वल्र्ड कजेल चावहिल, सपना रेग्मी, महिला समाजसेवी, गोपाल थापा, युवा पर्यटन व्यवसायी धादिङ,, नारायण रेग्मी, समाजसेवी तनहुं, राजु श्रेष्ठ, वरिष्ठ समाजसेवी काठमाण्डौ, गोविन्द तिवारी, वरिष्ठ सल्लाहकार तथा समाजसेवी, होटल व्यवसायी महासंंघ (तासको जन्मदाता, चितवन भेटघाट रेष्टुरेण्टको अध्यक्ष) चितवन, आनी भिमसेवा गुरुङ्ग, बुद्ध अनुयायी काठमाडौं,

डि. एन. अधिकारी, शिक्षासेवी काठमाण्डौं, विनोद बानिया, युवा व्यवसायी तथा समाजसेवी नुवाकोट, पूर्ण लाल श्रेष्ठ, अध्यक्ष, बुद्ध भूमी हाइड्रो पावर प्रा. लि.नुवाकोट (विसम रिमाल, समाजसेवी, नुवाकोट, इन्द्र सापकोटा, निर्माण व्यवसायी तथा समाजसेवी रसुवा, किरण कुमार श्रेष्ठ, वरिष्ठ इन्जिनियर तथा व्यवस्थापक, जलविद्युत आयोजना, गोरखा, सुवास डंगोल, युवा समाजसेवी नुवाकोट, सुष्मा महरा, सौन्दर्यवीद, सफल महिला व्यवसायी काठमाण्डौ, मौसम कुंवर, युवा समाजसेवी, लमजुङ, पासाङ नोर्वु शेर्पा, सफल युवा कार्गो व्यवसायी सिन्धुपाल्चोक, कुमुद भट्ट, शिक्षासेवी, धादिङ, सन्तोष लामा, उत्प्रेरक तथा लेखक नुवाकोट, राजन अधिकारी, प्रशिक्षक, संस्थापक प्रोजेक्ट १०००० धादिङ, नुर्वु वांगेल लामा, समाजसेवी, सिन्धुपाल्चोक, मान बहादुर तामाङ, वरिष्ठ युवा व्यवसायी नुवाकोट, प्रताप सिंह लामा, समाजसेवी, नुवाकोट, माता भद्रकाली, धार्मिक अनुयायी, काठमाण्डौ,ं पुष्कर बस्नेत, प्रधान सम्पादक, राष्ट्रिय आर्थिक मासिस, शंकर बस्नेत, एन आर एन ए पूर्व सदस्य तथा समाजसेवी मकवानपुर, शशी शर्मा पौडेल, कृषि अभियन्ता, रुपन्देही लगायतलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।
