
विब्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नुवाकोटले एमसीसी परियोजनाको लगि खरिद गरेको जग्गा कब्जामा लिएको छ ।
नुवाकोट जिल्ला बेलकाेटगढि नगरपलिका वडा न.७ स्थित रातोमाटेको ३८५ रोपनी जग्गामा प्रशारण लाइन सब्टेशन राख्ने एमसीसी परियोजनाको लागि खरिद गरेको जग्गा कब्जा गरिएको हो ।

बिप्लब नेतृत्वको नेकपाले एमसीसी परियोजनाको सुरुवाती चरणदेखि नै विरोध का कार्यक्रमहरू संचालन गर्दै आइरहेको थियो ।
एमसीसी परियोजना राष्ट्रघाती र जनविरोधी भएकोले जनताहरूलाई सक्दो प्रतिकार गर्न नुवाकोटका इन्चार्ज क. बिन्दु र सेक्रेटरी सृजन द्वारा हस्ताक्षरित विज्ञप्तमा उल्लेख गरिएको छ ।
