कात्तिक २८, कोरोना संक्रमण तीन प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आइतबार ९ हजार ६ सय ६ जनाको परीक्षण गर्दा ३ सय ६ जनामा संक्रमण देखिएको छ । संक्रमणदर ३ दशमलव १ प्रतिशत हुन आउँछ । पाँच प्रतिशतभन्दा कम भएमा जोखिम कम भएको मानिन्छ ।