सुनको मूल्य घट्यो


नेपालमा आज(आइतबार) सुनको मूल्य प्रतितोला रु ७०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकिएकामा शुक्रबार प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार २०० रहेकामा शुक्रबार प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य शुक्रबारको मूल्य भन्दा १५ रुपैयाँ घट्दै एक हजार २६० मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार २७५ मा कारोबार भएको थियो ।



सम्बन्धित खवर

अन्तर्वार्ता