नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ खुवाएका छन्। नेकपा (एस) लाई सरकारमा ल्याउन जनता समाजवादी पार्टीका उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारीबाट रामनरेश रायलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए ।
संघमा रहेको पाँच दलीय गठबन्धन जस्तै एकीकृत समाजवादीको प्रवेशसँगै प्रदेश २ सरकारले पनि आजदेखि पूर्णता पाएको छ । कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी सरकारमा ल्याउन मुख्यमन्त्री राउतले मन्त्रालय टुक्राएर दशवटा बनाएका छन् । गठबन्धन मिलाउन पूर्वराजपा महन्थ पक्षलाई मन्त्री र राज्यमन्त्रीबाट बर्खास्त गरिएको थियो ।
कांग्रेस तीन मन्त्रालयसहित जेठ २६ गते र माओवादी केन्द्र एक मन्त्रालयसहित साउन २ गते नै प्रदेस सरकारमा सहभागी भइसकेको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।
