धनराज गुरुङले दुई मतले जिते विजय गच्छदारलाई


काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए ।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् । महामन्त्रीकाे दुई सिट छ । सभापति देउवा प्यानलका पूर्णबहादुर खड्का भने उपसभापतिमा विजयी भएका छन् ।


सम्बन्धित खवर