
काठमाडौं : नेपाली कांग्रेसको महामन्त्री पदको ३१ सय २० मत गणना भएको छ । मतपरिणामअनुसार गगन थापाले २ हजार ३७ मत प्राप्त गरेका छन्। दोस्रोमा विश्वप्रकाश शर्माले १२ सय ५५ मत ल्याएका छन्। यस्तै, प्रकाशशरण महतले १ हजार २४, प्रदिप पौडेलले ९३५, मिनेन्द्र रिजालले ५४६ र राजाराम कार्कीले ७५ मत प्राप्त गरेका छन्।गगनले सुरुवाती अग्रता लिएका छन्। मतगणना जारी छ।
महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार छन्। शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल छन् भने प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा प्रतिष्पर्धा छन्। डा. राजाराम कार्कीले महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
कांग्रेस विधानमा महाधिवेशनबाट दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। कांग्रेसको १४ महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका हुन्। अन्नपूर्ण पोष्टमा खबर छा