रोयल ककनी जनजागरण यूवा क्लव नुवाकोटद्वारा निशुल्क स्वास्थ्य शिविर संचालन



शिविरमा ३५० जना भन्दा बढि स्थानिय लाभान्वित

रोयल ककनी जनजागरण यूवा क्लव नुवाकोटले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।


ककनी गाउपालिका वडा नं २ मा रहेको शिवालय मा बि मा संचालन गरेको स्वास्थ्य शिविरमा ३०० जना भन्दा बढि स्थानियहरुले सेवा लिएको रोयल ककनी जनजागरण यूवा क्लव नुवाकोटले जानकारी दियको छ ।


शिविरमा दन्त जाँच , हाडजोर्नी तथा नसा सम्बन्धि , भिडियो एक्स रे , आँखा तथा बाल रोग लगाएतको सेवा उपलब्ध गराउनुका साथै शिविरमा चेक जाँच पछि निशुल्क औषधी समेत बितरण गरिएको थियो।


रोयल ककनी जनजागरण यूवा क्लबको आयोजनामा भएको शिविरमा केएमसी हस्पिटलका डाक्टरहरुले चेकजाँच तथा औषधी बितरण गरेको हो । क्लवले हस्पिटलका ३० जना चिकित्सकहरु लाई सम्मान समेत गरेको छ । साथै उक्त शिविर सम्पन्न गर्ने क्रममा सहयोग पुर्‍याउनु हुने सम्पुर्ण महानुभाबप्रति कल्बले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

(रामशरण थापा क्षेत्री )


सम्बन्धित खवर

अन्तर्वार्ता