स्वास्थ्यकर्मीको सल्लाह अनुसार प्रचण्डले गरे प्रत्यक्ष भेटघाट बन्द


काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष भेटघाट बन्द गरेका छन् । प्रचण्डका स्वकीय सचिव गंगा दाहालले कोरोना सं‌क्रमण तथा स्वास्थ्यकर्मीको सल्लाह अनुसार प्रचण्डले केहि दिनका लागि प्रत्यक्ष भेटघाट बन्द गरेको जानकारी दिएकी छिन्। अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डलाई बधाइ दिन उनको निवासमा नेता,कार्यकर्ता तथा आफन्तको घुइँचो लागेको थियो ।

स्वकीय सचिव गंगा दाहालले भनिन्, ‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाइ एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं । यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ ।’

उनले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्ने जानकारी गराएकी छन्। ‘हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं। कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजिकरण गर्नेछौं । केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडलाई समेत कोभिड संक्रमण पुष्टि भएकाले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं।’


सम्बन्धित खवर

अन्तर्वार्ता