बृहत्तर ज्यामरुङको योजनामा जुट्दै व्यवसायीहरू


नीलकन्ठ नगरपालिका वार्ड नं. ११ ज्यामरुङ स्थायी घर भई बिबिध पेसा संग सम्बन्धिंत ब्यक्तिहरुको बृहत् उपस्थिति सहितको छलफल कार्यक्रम समपन्न भएको छ ।

पर्यटन आईकन सम्भु धमला काे विशेष पहलमा भएकाे भेलामा चर्चित व्यक्तित्वहरू शम्भु धमला, बिएन ढकाल, नवराज लम्साल, नरेन्द्र भट्ट, भुमिनन्ध धमला, कुमार धमला, भुवन गुरूङ, फडिन्द्र धमला, रामचन्द्र धमला, बिनाेद धमला, भरत धमला, बिष्णु धमला , ईश्वरी बहादुर लम्साल लगायतको काे सहभागीता थियाे । नीलकण्ठ साविककाे ज्यामरूङ काे वाड नं ८/९/१ गाेल भञ्ज्याङ देखि सल्ले सम्मकाे अधिकाँश युवाहरूकाे सहभागीता थियाे । उद्योगी,व्यापारी,पर्यटन ब्याबसायी,ईन्जिनियर,भुतपुर्ब बिध्यार्थी , शिक्षकहरु,समेतको उपस्थिति रहेको थियो,! भेलामा बाेल्दै युवा नेता नवराज लम्सालले गाउकाे समग्र बिकासमा सबैले उत्तिकै याेगदान गर्नु पर्ने र सामाजिक, संस्कृतिक, भाैतिक, र उत्पादनमा सहज पहुँच बनाएर ब्यावसायीक खेती तर्फ सबैलाई अाक्रशित गर्नु पर्ने बताउनु भयाे । नेपाल एग्राे फामहाउस ज्यामरूङकाे एउटा नमुना भएकाेमा सन्ताेष लागेकाे बताउनु भयाे । सबै युवाहरूकाे गाउँ बनाउने हुटहुटी देखेर अाफू उत्साहित भएकाे र अाफू जुनसुकै भुमिकामा पनि काम गर्न तत्पर रहेकाे बताउनु भयाे । उक्त कार्यक्रम को मुल नारा
“हाम्रो गाउँ,हाम्रो ठाउँ,हाम्रो संसार
म बन्छु ,म बनाँउछु ।
हामी बन्छौं ,हाम्रो बनाँउछौं।।
हामिले नगरे कसले गर्ने,
अहिले नगरे कहिले गर्ने,!
भन्ने रहेको थियो!

उक्त कार्यक्रमको भाब बारे उपस्थिति हरुले विभिन्न धारणाहरु राखेका थिए,जसअनुसार –
१.गोला भन्ज्याङ- चाँपभन्ज्याङ दरबार ,धमला-गाउँ गैरी गाउँ सडक स्थरउन्नती,!
२.शहर केन्द्र बित्तिय-संस्थाहरुलाई गाउँ केन्द्र बनाउने बारे,!
३.बिपन्न सामुदायहरुलाई आत्मनिर्भर बनाउने बिषय,!
४.ज्यामरुङबासिले भोग्दै आएको गुठीको बिषय,!
५.पर्यटन को माध्यम बाट ज्यामरुङको प्रचार प्रसार!
६.बिज्ञ सहितको स्थानिय कृषि उपजहरुको बजार र कृषि आधुनिकिकरण गरी कृषि सहकारिको स्थापना,!
७.ईश्वरी बहादुर लंम्साल को संयोजकत्वमा माघे सक्रांन्ती २०७८ लाई प्रभाबकारी बनाउन निलकन्ठ नगरपालीका वार्ड नं ११ धमला गाँउको (आल) भन्ने स्थानमा स्थानिय साँस्कृतिक कार्यक्रम को साथमा लोप हुँदै गएको (गिर) खेल्ने कार्यक्रम लगायतका बिषयबस्तुहरु माथी छलफल चलाईएकाे थियाे । भेलामा सबैलाई बाेल्ने अवसर प्रदान गरिएकाे थियाे । मुलत : ज्यामरूङकाे समग्रतामा कसरी अगाडि बढाउन सकिन्छ भन्ने बिषयमा बृहत् छलफल गरिएकाे थियाे । राजधानीको नयाँबजार स्थित सगुन क्याफेमा भएको थियो ।


सम्बन्धित खवर

अन्तर्वार्ता