प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना संक्रमण


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास  बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराएका थिए ।

देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा  दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ  देखिएको थियो  ।

दैनिक सम्पर्क भएका  व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि  देउवाले फेरि पीसीआर गर्न लागेका छन् । देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्रीले बिहीबार फेरि पीसीआर गराउने बताए ।
हाल क्वारेन्टिनमा रहेका देउवा बिहीबारको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको खण्डमा राजनीतिक भेटवार्तालाई निरन्तरता दिनेछन् । अहिले देउवाले केही दिनका लागि राजनीतिक भेटघाट तथा  सरकारी औपचारिक  सबै  कार्यक्रम रद्द गरेको भानुले बताए ।

सम्बन्धित खवर

अन्तर्वार्ता