१. टाउको दुख्ने
३. थकान
४.हाँच्छ्यु आउनु
५.घाँटी खसखस गर्नु
६. लगातार खोकी लाग्नु
७. कर्कश आवाज
८. चिसो लाग्नु वा शरीरमा कम्पन हुनु
९. ज्वरो
१०. रिँगटा लाग्नु
११. बास्ना नआउनु
१२. ब्रेन फग
१३. आँखा दुख्नु
१४. मांसपेशी दुख्नु
१५. भोक नलाग्नु
१६.छाती दुख्नु
१७. ग्रन्थीहरु सुन्निनु
१८. कमजोरी
१९. स्वाद नआउनु
२०.छालामा र्याशेज आउनु
स्वास्थ्य विशेषज्ञका अनुसार ओमिक्रोनका लक्षणहरु डेल्टाको तुलनामा तीव्र गतिमा देखिन्छ । यसको इनक्युबेशन पीरियड पनि कम हुन्छ । संक्रमित भएको २ देखि ५ दिनमा नै लक्षणहरु देखिन्छन् । ब्रिटिश एपिडेमोलोजिस्ट टिम स्पेक्टरका अनुसार सामान्यतयाः रुघाखोकी जस्ता लक्षणहरु ओमिक्रोनको संक्रमण हुँदा पनि देखिन्छ । सामान्यतयाः ५ दिनसम्म भाइरस रहन्छ । सामाजिक दूरी, मास्क, सेनिटाइजर र कोरोना रोकथामका लागि विशेष ध्यान दिएमा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न सकिन्छ । टिम स्पेक्टरका अनुसार डेल्टाको तुलनामा ओमिक्रोनको लक्षणहरु केही दिनसम्म मात्रै रहन्छ । यो भाइरसको लक्षण केही दिन मात्र देखिन्छ । ५ दिनमा नै परीक्षण नेगेटिभ आउँछ । धेरैजसो ३ देखि ५ दिनमा नै यो भाइरस कमजोर हुँदै जान्छ ।