स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ


रौतहटको बौधीमाई नगरपालिका–७ बाट प्रहरीले स्रोत नखुलेको नगद सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार स्थित मोतिहारी थाना घोडासहन घर भएका १९ वर्षीय यसराज जयसवाल छन् ।


सोमबार दिउँसो पक्राउ परेका जयसलवालको साथबाट स्रोत नखुलेको ३ लाख ६८ हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी लाई बताए

भारतबाट नेपालतिर आउँदै गरेको बिआर–०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्दा सो रकम फेला परेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता