नेपालमा अहिलेसम्मकै उच्च विन्दुमा काेराेना पुष्टि


काठमाडौँ, ४ माघ ।  पछिल्लाे २४ घण्टामा १० हजार २५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार २५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १७ हजार ८७२ र एन्टिजेन विधिबाट ४ हजार ९५६ एन्टिजेन परीक्षण गरिएकोमा १० हजार २५८ जनामा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार १९८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५६२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख १७ हजार ५४७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ जना रहेको छ ।

हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 


सम्बन्धित खवर

अन्तर्वार्ता