
झापा । समाजसेवी युग प्रसाद धमला (हरि)ले देवी मा. वि. बिर्तामोडमा पढ्ने अतिविपन्न अनाथ छात्राहरुलाई सहयोग गर्नु भएको छ । जसका बुबा कोरोनाले बितेका थिए भने आमा आत्महत्या गरेर वितिन । उनका ४ जना छोरीहरु मध्ये जेठी छोरी उमेर १८ वर्षकि उनैले तीन बहिनीहरुको पालन पोषणमा गर्दै दुखसुखले जीवन चलाउदै र अविभावकत्व गर्दै आएकी छिन ।

उनीहरुलाई केही सहज बनोस भन्ने उद्देश्यले श्री सतिश्राप मोक्ष धामका संरक्षक श्री हरि धमलाबाट स्कुलमा चाहिने सम्पुर्ण ड्रेस, ब्याग, जुत्ता प्रदान गर्नु भएको छ । धामका महासचिव प्रेम सागर घिमिरे, कोशाध्यक्ष विरेन्द्र दाहाल र स्कुलकी अम्बिका श्रेष्ठको उपस्थितिमा उक्त सामग्री वितरण गएिको हो ।
