जनार्दन शर्माको आर्थिक अपराध सार्वजनिक गर्ने पत्रकार र सम्पादकसँग पनि सोधपुछ हुने


काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको आर्थिक अपराधको बारेमा समाचार लेख्ने र उक्त समाचार प्रकाशित गर्ने सम्पादकसँग पनि संसदीय छानविन विशेष समितिले सोधपुछ गर्ने भएको छ । आर्थिक अपराधका बारेमा छानविन गरिरहेको समितिले तथ्य र प्रमाण खोज्नेक्रममा पत्रकारसँग पनि जानकारी लिन लागेको समितिका एक सदस्यले बताए ।

उनका अनुसार उक्त समाचार लेख्ने पत्रकारहरू सुरेन्द्र काफ्ले र ममता थापा र अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारीसँग सोधपुछ हुनेछ । समितिले समाचारमा उल्लेख भएको जस्तो तथ्य कहिँ नभेटेकाले पत्रकारको सहायता लिन खोजिएको बुझिएको छ । समाचार पछि चर्को जनदबाबका बीचमा संसदले छानविन समिति गठनगरेपछि शर्माले पदबाट राजिनामा दिएका थिए ।

 


सम्बन्धित खवर