एकै दिन थपिए ५६८ कोरोना संक्रमित, एकजनाको मृत्यु


काठमाडौँ, ९ साउन । आज एकैदिन ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ८४ पिसिआर परिक्षणका क्रममा ४ सय ५३ जना र १ हजार ७ सय १६ एन्टीजेन परीक्षणका क्रममा १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५७ जनाले ज्यान गुमाएका छन् ।


सम्बन्धित खवर

अन्तर्वार्ता