
काठमाडौं । नेपालमा एकै दिन थप ६३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको र ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै सक्रिय संक्रमितको संख्या ३७१४ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ११९५९ जना पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप २१८ जनामा निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६८ हजनार ८०२ जना पुगेको छ ।