जनार्दनमाथि छानबिन गरेको समितिले आज प्रतिवेदन बुझाउँदै


काठमाडौं । तत्लकालीन अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराई करको दर हेरफेर गरिएकोबारे छानबिन गरेको संसदीय विशेष समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउँदैछ । समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले बताए ।

प्रतिवेदन बनाउन बिहीबार समितिको बैठक बसेको थियो । समितिका सत्तारुढ सदस्यहरुले शर्मालाई क्लिन चिट दिनुपर्नेमा जोड दिएका थिए भने प्रतिपक्षी एमालेले भने फरक मत राखेको थियो । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय विशेष समितिले अन्तिम प्रतिवेदन तयार गरको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समावेश गरेर अन्तिम प्रतिवेदन तयार गरेको हो । करका दर हेरफेरका लागि अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा छानविन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो । शुरुमा १० दिनको कार्यावधि पाएको समितिको म्याद ७ दिन थपिएको थियो । समितिको म्याद बिहीबार नै सकिएको छ ।


सम्बन्धित खवर