हृदयेन्द्रलाई राजा भएको देख्न चाहन्छन् रवीन्द्र मिश्र


काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रलाई जन्मदिनको शुभकामनासहित एक दिन राजाको रूपमा देख्न चाहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मिश्रले भनेका छन्, बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ–फस्छ ।

त्यसैले संकटका बेला मात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसद्ले बाँधेर ‘खोपा’ मा भए पनि राजसंस्था राखौं । म यहाँ(हृदयन्द्र) लाई एक दिन राजाका रूपमा देख्न चाहन्छु । २१औं जन्मदिनको शुभकामना ! मिश्रले सन् १९९० मा बेल्जियमका राजा बोदवाँले गर्भपतनसम्बन्धी विधेयक अनुमोदन गर्न नमान्दा सरकारले उनलाई कयौं दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्बन गरेको र संसद्ले विधेयक अनुमोदन गरेपछि पुनः गद्दी आसीन गराएको स्मरण गर्दै नेपालका दलहरुले पनि एक दिन राजाको आवश्यकता महसुस गर्ने आकलन गरेका छन् ।

 


सम्बन्धित खवर