एक महिनामै १९ कम्पनी कालो सूचीमा


काठमाडौं । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपशिलका निर्माण व्यवसायी-आपूर्तिकर्ताहरुलाई एक वर्षको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी÷आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले जनाएको छ ।

को को छन् कालो सूचीमा
बि.टी. निर्माण सेवा प्रा.लि. र शिवराम कन्स्ट्रक्सन कम्पनी प्रा.लि. भिमेश्वर र शिवराम कन्स्ट्रक्सन कम्पनी प्रा.लि भिमेश्वर न.पा.–१, चरिकोटका मुख्य व्यक्ति माधव प्रसाद भण्डारी शिवजी सापकोटालाई खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, दाङले कालो सूचीमा राख्नका लागि सिफारिस गरेको हो । अमन एण्ड इसा कन्स्ट्रक्सन प्रा.ली. बर्दगोरिया–१, कैलालीका मुख्य व्यक्ति गजेन्द्र स्वारलाई चौकुने गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, गुटु, सुर्खेतले कालो सूचीमा राख्न लेखि पठाएको हो । शिवराम-सिद्धगढी जे. भी.का शिवराम कन्स्ट्रक्सन कम्पनी, सिद्धगढी इन्जिनियरिङ एण्ड बिल्डर्स प्रा.लि. भिमेश्वर–१, दोलखा र काठमाडौं –३५, कोटेश्वर मुख्य व्यक्ति शिवजी सापकोटा र राम कुमार पाण्डेलाई खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, दाङले कालो सूचीमा राख्न भनेको हो ।

आकाश एण्ड पवन कन्स्ट्रक्सन भिमदत्त नगरपालिका –१८, कञ्चनपुरका मुख्य व्यक्ति आशिष कुमार खत्रीलाई कृष्णपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कञ्चनपुरले कालो सूचीमा राख्न लेखि पठाएको हो । रूजन–जगदम्बा–भुवनेश्वरी एण्ड भैभव जे.भी.रूजन, जगदम्बा निर्माण कम्पनी प्रा.लि., भुवनेश्वरी एण्ड भैभव विल्डर्स प्रा.लि. दिक्तेल रुपाकोट मधmुवागढी खोटाङ, काठमाडौका मुख्य व्यक्ति रूजन खत्रीलाई ऐँसेलुखर्क गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, ऐँसेलुखर्क, खोटाङले कालो सूचीमा राख्न सिफारिस गरेको हो ।

थोकर – निभा-लयुल जे.भी. थोकर निर्माण सेवा, तेमाल गा.पा. वडा नं. ५, काभ्रेपलाञ्चोकका निभा निर्माण सेवा, लयुल निर्माण सेवा काभ्रेपलाञ्चोकका मुख्य व्यक्ति विष्णु बहादुर तामाङलाई कालो सूचीमा राख्न मण्डनदेउपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, महादेवस्थान, काभ्रेपलाञ्चोकले लेखि पठाएको हो । यी सम्पूर्ण कम्पनीलाई २०२२ जलाई २५ देखि २०२३ जुलाई २४ सम्म एक वर्षका लागि कालो सूचीमा राखिएको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले जनाएको छ । चन्द्र सूर्य निर्माण सेवा प्रा.लि., बुद्धनगर, काठमाडांैका मुख्य व्यक्ति सुमन न्यौपानेलाई कालो सूचीमा राख्न सडक पूर्वाधार विकास कार्यालय, रोल्पाले लेखि पठाएको हो । छथर निर्माण सेवा, जोरपाटी–२, धनकुटाका मुख्य व्यक्ति लाक्पा तेन्जी शेर्पालाई शहरी विकास तथा भवन निर्माण विभाग, बसन्तपुर नयाँ शहर आयोजना कार्यालय, बसन्तपुर, तेह्रथुमले कालो सूचीमा राख्न सिफारिस गरेको हो ।

एल. बी एण्ड ए.बी बिल्डर्स प्रा.लि धनगढी–५, कैलालीका मुख्य व्यक्ति लाल बहादुर बमलाई कालो सूचीमा राख्न बौदीकाली गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, डेढगाउँ, नवलपरासी कालो सूचीमा राख्नका लागि सिफारिस गरेको हो । मनन कन्स्ट्रक्सन प्रा.लि., सुन्दरहरैंचा, नगरपालिका–११, मोरङका मुख्य व्यक्ति शारदा ढकाललाई बेलबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, बेलबारी, मोरङले कालो सूचीमा राख्न सिफारिस गरेको छ । एम.एस मिसु ट्रेडिङ, हाकिमचोक, भरतपुर, चितवनका मुख्य व्यक्ति राजुप्रसाद पन्तलाई कालो सूचीमा राख्न गोदावरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, ललितपुरले सिफारिस गरेको हो । नताशा निर्माण सेवा, भरतपुर–१२, चितवनका मुख्य व्यक्ति ईश्वर रिमाललाई कालो सूचीमा राख्न गैंडाकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, गैंडाकोट, नवलपरासी लेखि पठाएको हो ।

नशः कन्सर्न प्रा.लि., टोखा, काठमाडांैका मुख्य व्यक्ति सुविन्द्र श्रेष्ठलाई कालो सूचीमा राख्न गोरखापत्र संस्थान काठमाडौंले समयमा काम सम्पन्न नगरेको भन्दै कालो सूचीमा राख्न लेखि पठाएको हो । सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रा.लि., सहयोगीनगर, काठमाडौंका मुख्य व्यक्ति नारायण प्रसाद भट्टराई र युवराज भट्टराईलाई सडक बोर्ड नेपाल, मिनभवन, काठमाडौंले (कालो सूचीमा राख्न भनेको हो । सहारा निर्माण सेवा, वीरेन्द्रनगर न.पा. वडा नं. ९, सुर्खेतका स.चालक ःश्री दशरथ चन्दलाई भेरीगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, छिन्चु, सुर्खेतले कालो सूचीमा राख्न लेखि पठाएको हो । यी कम्पनीलाई २०२२ अगष्ट ४ देखि २०२३ अगष्ट ३ सम्म एक वर्षको लागि कालो सूचीमा राखिएको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले जनाएको छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता