डा. केसीलाई काठमाडौँ ल्याउने सरकारको प्रयास असफल


धनगढी– धनगढीमा अनसनरत डाक्टर गोविन्द केसीलाई थप उपचारका लागि आजै काठमाडौँ लग्ने प्रयास असफल भएको छ । उनले काठमाडौँ जान नमानेपछि सरकारको प्रयास असफल भएको हो । अनसन बसेको नवौँ दिनमा मंगलबार केसीलाई थप उपचारका लागि काठमाडौँ लग्ने प्रयास गरे पनि उनले धनगढीमै बस्ने अडान लिएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

‘उहाँको स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मीले सेती अस्पतालबाट रेफर गरिसकेका छन्, उनले भने, ‘त्यसैले केसीले काठमाडौँ जानै पर्ने हुन्छ, हामी प्रयासमा छौँ । आज नगए भोलि जानुहुन्छ ।’‘नागरिकको स्वास्थ्य रक्षा गर्नु राज्यको दायित्व हो’, प्रजिअ थापाले थपे, ‘डाक्टर केसीको स्वास्थ्य अवस्था अहिले जटिल छ । उहाँलाई काठमाडौँ लग्नुको विकल्प छैन ।’ डाक्टर केसीलाई काठमाडौँ लैजान नेपाली सेनाको स्काई ट्रक धनगढीमा तयारी अवस्थामा राखिएको छ ।

यद्यपि डाक्टर केसीले भने आफ्ना माग पूरा नभएसम्म धनगढीमै अनसन बस्ने अडान लगेको डाक्टर केसीको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेण्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए । ‘रक्तचाप घटेर ४० मा पुगेको छ । सुगरको मात्रा धेरै कम छ । आमाशयबाट रगत बगिरहेको छ, यस्तोमा उहाँलाई सेतीमा उपचार दिन सम्भव छैन । हामीले जतिसक्दो छिटो काठमाडौँ लैजान सुझाव दिएका छौँ’, उनले भने ।

स्वास्थ्य सुधारका लागि भन्दै ७ बुँदे माग राखेर भदौ २७ गते धनगढीस्थित गीता सत्तसंगको धर्मशालाबाट डाक्टर केसीले २० औँ अनसन सुरु गरेका थिए । भदौ २९ गते स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।


सम्बन्धित खवर

अन्तर्वार्ता

स्वास्थ