
काठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको छ । सन्दीपलाई गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा आदेश दिएपछि आदेशकाविरुद्व सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।
यसअघि दुई पटक पुनरावेदनमाथिको पेशी स्थगित भएकोमा तेस्रो पटकमा बिहीबार सुनुवाइ भएको हो । न्यायाधीशद्दय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको छ । बिहीबार सन्दीपले दायर गरेको पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै आदालतले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । सन्दीपलाई अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म विदेश जान रोक लगाएको छ ।
त्यसका लागि उनको पासपोर्ट रोक्का गर्न अदालतले आदेश दिएको छ । यस्तै, सन्दीपले आफूमाथिको मुद्दामा सामाजिक सञ्जाल, मिडियामा अभिव्यक्ति दिन पनि नपाउने आदेश अदालतले गरेको छ । अदालते उपत्यका बाहिर जानु परेपनि अनुमति लिनुपर्ने अदालतले जनाएको छ । सन्दीप भोलि कारागारबाट रिहा हुनेछन् ।