मिटरब्याज पीडितमाथि प्रहरीको धरपकड, १२ घाइते, ३५ जना पक्राउ


काठमाडौं । शान्तिपूर्ण आन्दोलनमा रहेका मिटरब्याज पीडितमाथि प्रहरीले धरपकड गरेको छ । केही घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तराई–मधेशका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडित दुई सातादेखि काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा धर्ना दिइरहेका छन् । आज उनीहरूले सिंहदरबार अगाडि प्रदर्शन गर्न खोजेका थिए ।

उनीहरूलाई प्रहरीले शान्तिवाटिकाबाट निस्कन खोज्दा नै धरपकड गरेको हो । प्रहरीले पानीको फोहोरा र लाठी चार्ज गरेको संघर्ष समितिका संयोजक अवधेश कुसवाहाले बताए ।

सिंहदरबार अगाडि शान्तिपूर्ण रूपमा मार्च गर्न जान खोज्दा प्रहरीले बल प्रयोग ग¥यो । पानीको फोहोरा लगायो, जथाभावी लाठी चार्ज ग¥यो, संयोजक कुसवाहाले भने, प्रहरीले कुटपिट गरेपछि कैयौं घाइते भएका छन् ।

उनका अनुसार प्रहरीको धरपकडमा १२ जना घाइते भएका छन् । उनीहरूमध्ये एक जना गम्भीर घाइते भएको कुसवाहाले बताए । त्यस्तै, शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।


सम्बन्धित खवर