राष्ट्रपति पौडेललाई श्री एयरको विमानबाट उपचारका लागि भारत लगिँदै


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि आज भारत लगिने भएको छ । उनलाई आज बिहान साढे ९ बजे श्री एयरको विमानमार्फत भारत लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पौडेलले जानकारी दिए ।

उनको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा उपचार हुनेछ । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यसदिन उनको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो ।

स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालले उनलाई निवास फर्काएको थियो । तर, हिजो फेरि स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो ।


सम्बन्धित खवर