काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यूची रहेको संसद सचिवालयले जनाएको छ ।
यसैगरी, आजकै बैठकमा संविधानसभा सदस्य पुरुषेत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेका संसद सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसबाट २०६४ मा संविधानसभा सदस्य बनेका बस्नेतको वैशाख २९ गते शुक्रबार ७८ वर्षको उमेरमा निधन भएको थियो ।