काठमाडौं । सरकारले मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
डा अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव थिए ।
बैठकले निवर्तमान मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरेको छ ।
सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।