टाइगर सुज प्रा.लि.का प्रबन्ध निर्देशक धरेलले मनाए जन्मदिन


काठमाडौ । पढ्ने नपढ्ने अधिकांश युवाहरुको गन्तब्य बनेको छ-वैदेशिक रोजगार । यस्तै यथार्थबाट माथी उठेर देशमै केही गर्न सकिन्छ भनेर लागि पर्नु भएका युवा व्यवसायी बिष्णु धरेल स्वदेशी उत्पादन तथा ब्यबसायमा सफलता हासिल गर्दै अघि बढी रहनु भएको छ ।

टाइगर सुज प्रा.लि.क प्रबन्ध निर्देशक धरेल ३५ पूरा भइ ३६ वसन्त पार गरि जन्म जयन्ती मनाउनु भएको छ । उक्त अवसरमा एक समारोह बीच सोफा हब काठमाडौका प्रबन्ध निर्देशक तारालाल धरेल, कम्पनीको कर्मचारी, उनको परिवार, पत्रकार तथा शुभचिन्तकहरु बीच शुभकामना आदानप्रदान गरिएको थियोे ।

ब्यबसायलाई नै अन्तिम लक्ष्य वा उदेश्य बनाएर अघि बढिरहनु भएका धरेल सरल, सहज र प्रष्ट स्वभावको हुनुहुन्छ । गुणस्तरीय जुत्ता चप्पल उत्पादन गर्दै आएको उक्त कम्पनीले बजार तथा ग्राहकहरुको मन जित्दै आएको छ भने टिक्दो र भर पर्दो सेवा दिदै आएको छ ।

निलकण्ठ-१० धादिङ निवासी धरेल मध्यम बर्गीय किसान परिवारमा जन्मनु हुर्कनु भएको हो । सकारात्मक सोच म कर्ममा बिश्वास राख्नुहुने धरेल प्रति हाम्रो पनि जन्म दिनको धेरै धेरै शुभकामना ।


सम्बन्धित खवर